अपडेट 
२०७७ कार्तिक २४, सोमबार ०९:२५

भारतीय पत्रकार अर्नव गोस्वामीले हिरासतमा मोबाइल चलाएपछि जेल पठाइएको छ । देह त्याग गर्न बाध्य बनाएको अभियोगमा उनलाई कात्तिक १९ गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसम्पादक उनलाई क्वारेन्टिनबाट जेल पठाइएको हो।

न्यायिक हिरासतमा लिइएपछि अलिबागको एक क्वारेन्टिन केन्द्रमा राखिएको गोस्वामीले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो। अन्य व्यक्तिको मोबाइलबाट सामाजिक सञ्जालमा सक्रिय भएको प्रहरीले दाबी गरेको छ ।

तलोजा जेल लाँदैगर्दा अर्नबले अलिबागका जेलरले शनिबार साँझ आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका छन् । यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

Comment


Related News

Latest News

Trending News