अपडेट 
२०७७ कार्तिक २४, सोमबार १३:५३

पर्सा : प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक कृष्णकुमार जैन पक्राउ परेका हुन् । रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । बरामद रकम हुण्डी कारोबारमा प्रयोग हुन सक्ने प्रहरीको आशंका छ ।

भारतको रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय जैनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

Comment


Related News

Latest News

Trending News