भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ९ सय ३ जना कोरोना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोही समयवधिमा ४९० जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल संक्रमितहरुको संख्या ८५ लाख ५३ हजार ६ सय ५७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख २६ हजार ६११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट निको भएर घर फर्किनेहरुको संख्या ४८ हजार, ४०५ रहेको छ । योसहित निको भएर फर्किनेहरुको संख्या ७९ लाख १७ हजार ३ सय ७३ पुगेको छ । भारतमा अहिले संक्रिय संक्रमितहरुको संख्या ५ लाख ९ हजार ६ सय ७३ रहेको छ ।