अपडेट 
२०७७ कार्तिक २४, सोमबार १६:२८

बितेको २४ घण्टामा देशभर  थप २५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार हाल सक्रिय संक्रमितको संख्या  ३६ हजार १७४ छ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ११ सय २६ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ११ हजार १७७ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १५ लाख ५१ हजार २५४ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

Comment


Related News

Latest News

Trending News