अपडेट 
२०७७ कार्तिक २५, मंगलवार ११:३९

नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।  सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो । 

Comment


Related News

Latest News

Trending News