अपडेट 
२०७७ कार्तिक २५, मंगलवार १७:२८

सर्लाही | सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण तथा निर्माणाधीन अवस्थामा रहेको सर्लाहीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ । सो सडकखण्डको निर्माण कार्य तोकिएको समयमा पुरा हुन नसकेकाले यहाँका जनता समस्यामा परेको छ ।


जिल्लाको उत्तर – दक्षिण अर्थात् महोत्तरी र सर्लाही जिल्ला हुँदै रौतहट जिल्लासँग जोड्ने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडक नबन्दा र हुलाकी सडकको पुलसमेत नबनेका कारण उक्त सडकमा हिँड्ने हजारौँ स्थानीयवासीलाई दिनहुँ आवतजावतमा समस्या खेप्नु परिरहेको सो क्षेत्रका स्थानीयबासीहरुले गुनासो गरेका छन् । हुलाकी सडकलगायत ग्रामीण भेगका सडकको अवस्था दिनदिनै दयनीय बन्दै गएपछि सडकमा हिँड्ने सर्वसाधारण जनता पानी, हिलो र धुलो माटोमा हिँड्न बाध्य रहेको उनीहरुको गुनासो छ ।


तराई मधेसका जिल्लाहरुलाई जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको भएपनि यसको निर्माणमा संधीय,प्रदेश र स्थानीय तीनवटै तहका सरकारले चासो नदेखाएका कारण यसको निर्माणकार्यमा ढिलाई भइरहेको जानकारहरुको भनाइ छ। उत्तर तर्फ सर्लाहीको पर्सा गाउँपालिका अन्तर्गत संग्रामपुर(सितलपुर) पछि पर्ने महोत्तरी जिल्लामा निर्माणकार्य पूरा भइसकेको छ ।तर संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै बागमती सम्मको हुलाकी सडकको निर्माणकार्य रोकिएको छ ।उक्त सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ ।जिर्ण अवस्थामा रहेको सडकमा दिनहुजसो दर्जनौं दुर्घटनाहरु हुने गरेको स्थानीयहरुले बताएका छन् ।


तीनै तहको सरकारको उदासीनता र ठेकेदारहरुको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना कलंकित बनेको जानकारहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News