
भारतको बिहार राज्यमा फेरि एकपटक जनता दल युनाइटेड (एनडीए) को सरकार बन्ने निश्चित भएको छ ।
२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २५ सिट जितिसकेको छ । बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने जेडीयूले ४३ सिटमा जितेको छ । अहिले पनि मतगणना चलिरहेको छ । बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको समाचार छ । यस चुनावमा तीन हजार सात सय ५५ जना उम्मेदवार रहेका थिए । चुनाव आयोगले अहिले ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ ।
बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।