
दाङमा मंगलबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ।
मृत्यु हुनेहरुमा मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ सिसहनियाँका १६ वर्षीय मनोज गाह, वडा नं ३ लालमटिया निवासी १८ वर्षीय कसम पुन, वडा नं ८ पिपरी निवासी १८ वर्षीय दिनेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुबाङ सडक खण्ड राप्ती गाउँपालिका ४ मौरीघाटमा ट्रकले मोटरसाइकल ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार ३ जनाको घटनास्थल मै मृत्यु भएको प्रहरी जनाएको छ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रक र पूर्वबाट पश्चिम तर्फ आइरहेको रा ५ ख ६६३४ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।