
लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन आह्वान गरेको छ ।
बुधबार (आज) विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।
आयोगलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं, आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदपूर्तिका लागि केही समयअघि माग पठाए बमोजिम विज्ञापन आह्वान गरिएको हो । आयोगले ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन आह्वान गरिएको जनाएको छ ।
आयोगका अनुसार स्वास्थ्य सेवातर्फका धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग गरिएको छ । निजामती सेवातर्फ पनि न्यून संख्यामा कर्मचारी माग गरिएको छ ।