मुलुकमा सबैभन्दा धेरै विद्युतको माग तिहारको समय अर्थात खासगरी लक्ष्मीपूजामा हुने विषयलाई दृष्टिगत गर्दै विशेष योजना बनाइने भएको छ । हरेक बर्ष सबैभन्दा उच्च विद्युत माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत व्यवस्थापनको सवाल चुनौतिपूर्ण हुँदै आएको छ ।
यो पटक लक्ष्मीपूजाका लागि नेपाल विद्युत प्राधिकरणले झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाइएको जनाउको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आन्तरिक उत्पादन र भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाइएको बताउनुभयो ।
चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गर्नुभएको थियो ।