अपडेट 
२०७७ कार्तिक २६, बुधबार १५:१९

बारा । प्रहरीले पटाकाको बहानामा विष्फोटक पदार्थ ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरको यात्रुबाहक बसमा विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीकाअनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप–महानगरपालिका–५ स्थित फेटा गाँउपालिका–१ त्रिवेणी बस्ने २८ वर्षीय लालबाबु दास र सोही स्थान बस्ने २७ वर्षीया को कन्हैया दास छन् ।

पक्राउ परेकाहरूले बसको पछाडीको डिक्कीभित्र खुर्सानी भएको बोराभित्र लुकाईछिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५०० ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० ग्राम फेला परेको पंगेनीले बताए । पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Comment


Related News

Latest News

Trending News