जनकपुरधाम । विगत ८ महीना देखि वन्द रहेको नेपाल भारत सीमा नाका खोल्न सर्वसाधानहरुले दवाव सिर्जना गर्न थालेका छन् ।
दैनिक जिवन यापन गर्न कठिनाई भएको भन्दै उनीहरुले नाका खोल्न दवाव दिन थालेका छन् । कोरोना महामारी फैलिनलाग्दा गत चैत ११ गते देखि नेपाल भारत नाका शिल गरिएको थियो । वुधवार रौतहटमा नाका खोलाउन व्यापक दवाव सृजना गरिएको थियो । जून शहर देश वाट कोरोना भाइरस आएको त्यों देशको नाका सञ्चालन गर्ने नेपाल सरकारको दोहोरो नीतिका शिकार मधेशमा बसोवास गर्ने मधेशी ,जनजाति , आदिवासी , दलित ,मुस्लिम , अतिविपन्न वर्ग समुदाय , पिछडिएको वर्ग समुदायलाई बनाउन लागेको उनीहरुले आरोप लगाएका थिए । भारतीय पक्षले नाका खोलेपनि नेपाल पक्षले भने नाका कडाई गर्नुका साथै नेपाल भारत ओहोर दोहरमा भने प्रतिवन्ध लगाएकै छन् नेपाल सरकारले सिमा बन्द गरेको छ दैनिक उपभोग्यका सामानहरु आपूर्ति गर्न सकेका छैन , महंगाई नियंत्रण प्रति उदाशीनता देखाएको स्थानीय युवा नेता श्याम विहारी राय यादवको आरोप रहेको छ ।
आफ्नो जनता प्रति गंभीर नभएका संघीय सरकार पौराणिककाल देखि कायम रहेका नाता सम्वन्ध प्रति आघात पुर्याउने उदेश्य लिएकोले यसको विरुद्ध स्थानीय तह बाट आवाज उठाउनु पर्ने आवश्य्कता प्रति जोड़ दिए । मधेश आन्दोलनमा मधेशी जनताको हकÞ अधिकार सुनिश्चितको लागि बहसमा सहभागिता जनाउँदै आएका युवा नेता यादवले कम्युनिस्ट सरकारले भ्रस्टाचार अनियमिताको बढ़ावा मात्र दिएको आलोचना गरे । तराईमा धूमधामका साथ मनाइने लोक आस्थाका महापर्वको रुपमा प्रसिद्द रहेका छठ पर्व नजिकदै गएको अवस्थामा नेपाल भारतको सीमा नाका बन्द गर्नु जनतालाई सस्ती दिनु सरकारको नियत प्रस्ट देखिएको टिपण्णी गर्दै यादवले लामो समय देखि बन्द रहेको भारत नेपाल सीमा खोल्नु पर्ने आग्रह गरे । नेपाल भारत विचको मित्रतामा यो सरकारले परोसी मुलुक चीनको कारण खटास उत्पन्न गरी मधेशी जनतालाइ पीड़ा ,शोषणमा पर्ने सडयंत्र गरेका अर्का युवा विधार्थी नेता प्रकाश भाई मधेशियाले आरोप लगाए ।
नेपाल भारत विचको लामो खुल्ला सिमानाका कारण सीमावर्ती क्षेत्रमा बसोवास नेपाली जनतालाई चाहिने दैनिक उपभोग्यका सामान , लताकपडा , शादी विबाह , औषधि उपचार ,धार्मिक तीर्थयात्रा लगायतका कार्यहरु गर्न सहज रहेकोले सिमा बन्दको भएको कारण चर्को मूल्यमा खाने कुरा देखिलिएर औसधि उपचार गराउनु पर्ने बाध्यता भएको प्रति चिंता व्यक्त गर्दै विद्यार्थी नेता प्रकाशले छिटो भन्दा छिटो बन्द रहेको नाका सञ्चालन गराउन नेपाल सरकार सित मांग गरे ।