अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०६:३९

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले निजी विद्यालयहरुलाई लक डाउन अवधिको शुल्क माफ गर्न आग्रह गरेका छन् ।

उनले विद्यार्थीहरुकोलागि भएपनि शुल्क माफ गर्न आग्रह गरे । प्यावसन र एन– प्यावसनले संयुक्त रुपले जनकपुरधाममा दीपावली, समाचकेवा र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले लक डाउन अवधिको शुल्क मिनहा गरि अवोध बालबालिकालाई ऋणको भागी नबनाउन आग्रह गरेका थिए । निजी विद्यालयहरुका सञ्चालकहरु समेतले सो आग्रह तालि बजाई सहमति जनाएका थिए । उनले यहाँका निजी तथा संस्थागत विद्यालयहरु नेपालका धेर नामी गरामी ठाउँहरु भन्दा राम्रो रहेको बताउँदै यसलाई थप व्यवस्थिति करण गर्नु पर्ने सुझाव दिएका थिए । उनले देशकै शिक्षा प्रणालीनै कमजोर रहेको भएपनि जनकपुरधामका विद्यालयहरुका प्रमुखहरुले देखाएको व्यवस्थापन उत्कृष्ट रहेको बताए । यहाँका ज्ञान कुप स्कुल मुलुकमै सवै भन्दा पुरानो रहेको र यहाँवाट पढाई गरेकाहरु देशका विभिन्न स्थान ठूलो ओहदामा रहेको टिप्पणी गरेका थिए ।

उनले नयाँ सोच र उमंगका साथ लगनशीलताले यहाँका शिक्षा स्तरउन्नती हुनेमा कुनै शंका नरहेको बताएका थिए । जनकपुरधाम उप– महानगरपालिका नामलेनै पहिचान र संस्कारकोलागि चिन्हिने भएकाले यहाँ रहेको कुव्यवस्थालाई कसरी हटाउन सकिन्छ त्यस तिर बालबालिकालाई प्रोत्साहन गर्न उनले आग्रह गरेका थिए । विकास निर्माणको कार्य गतिशिल रहेका कारण बालबालिकालाई अहिलेनै त्यस तिर ल्याउन नहुने बताउँदै उनले उनमा अहिले संसकार भडनु पर्ने आवश्यक्ता रहेको औल्याएका थिए । जनकपुरमा पहिला पनि विकासकोलागि पैसा आउँथ्यो तर, विकास किन भएन भने उनले प्रश्न गरेका थिए । विकास गर्नकालागि सरकारले पहिला पनि पैसा पठाउँथ्यो अहिले पनि पठायो त्यतिवेला किन भएन अहिले आएर किन भयो त्यो मुल्यांकन गर्ने विषय रहेका कारण शिक्षकहरुलाई सकारात्मक शिक्षा व्यवस्था लागु गर्नकालागि उनले सुझाएका थिए ।

सकारात्मक शिक्षा व्यवस्थाले बालबालिकामा सकारात्मकता तिर अग्रसर हुने मनोस्थिति बन्छ र त्यसले उनलाई अगाडीको रास्तामा हिड्न सहज हुने भएकाले सकारात्मक शिक्षा दिनकालागि आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News