अपडेट 
२०७७ कार्तिक २७, बिहीबार ०७:०९

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उप–महानगरपालिकाको २५ वटै वडामा एक्कै चोटी बुधवार विहान सरसफाई गरिएको छ ।

अस्थायी राजधानीमा बाहिरवाट आउने देशी तथा विदेशी पर्यटकहरु जनकपुरधाम फोहरमय रहेको प्रचारबाजी भएको कारण सफासुघँर बनाउन उप– महानगरपालिकाका कर्मचारीहरु स्वस्फुर्त रुपले सरसफाई निरन्तरता दिइदै आएका छन् । उप–महानगरपालिकाका सरसफाई कर्मचारी देखि लिएर कार्यालयका कार्यालय सहयोगी देखि लिएर मेयर लाल किशोर साह सम्म बुधवार विहान सडकमा झाडु लिएर सरसफाई गरे । कार्यालयका कर्मचारीहरु दशै शुरु हुनु भन्दा पहिला देखिनै वडा वडामा सरसफाई कार्यक्रम गर्दै आई रहेको अवस्थामा कार्यालयले वुधवार २५ वटै वडामा एक्कै चोटी कार्यालयका कर्मचारीहरुलाई लिएर सम्वन्धित वडाकार्यालय र स्थानीय विद्यालयहरुको सहयोगमा सरसफाई गरेका छन् । एका तिर झाडु लिएर सरसफाई कर्मचारी सडकमा थिए भने अर्का तिर व्रुमरले जनकपुरका कालोपत्रे सडकहरु चमकाउने प्रयास हुँदै थियो । मेयर लाल किशोर साहले जनकपुरधामका मेन सडकका व्यापारीहरुलाई सडकमा फोहर नफ् याक्न आग्रह गर्दै हिडेका थिए ।

सरसफाई गरेर अगाडी बढ्यो कि पछाडीवाट फोहर ल्याएर सडकमै फ् याक्ने परिपाटीले गर्दा जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईमा सफलता प्राप्त गर्न भने असफल हुँदै गएको छ । आम जनतामा जनचेतनाको अभावका कारण वाटोमा फोहर फ्याक्ने परिपाटीले चम्कीने जनकपुरधामका सडकहरु फोहरमय हुने गरेका छन् । सडक कालोपत्रे भएर मात्र हुँदैन अव पढेलेखेका व्यक्तिहरु व्यापार क्षेत्रमा आउने भएका कारण सुझवुझका साथ अगाडी बढ्यो भने यहाँ पर्यटक ल्याउन र राम्रो भन्दा राम्रो आम्दानी गर्न सक्ने सम्भावना प्रवल देखिएको छ । जनकपुरधाममा फोहर व्यवस्थापन, सडक सरसफाई तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी देशी तथा विदेशी पर्यटकहरुलाई मात्र दुई तिन दिन रोकेर राख्न सकियो भने यहाँ होटल व्यवसाय तथा पसलहरु राम्रो भन्दा राम्रो ढंगले संचालन गरि मनग्य आम्दानी गर्न सकिने छ । जनकपुरधाम उप–‘ महानगरपालिकाका मेयर लाल किशोर साहले सरसफाईमा सहभागी भएका सवैमा धन्यवाद ज्ञापन गर्दै जनकपुरधामको पहिचान धार्मिक सांस्कृतिक रुपमा रहने भएकाले यहाँका पौराणीक तथा धार्मिक धरोहरलाई बचाएर राख्यो भने जनकपुरधामका व्यवसाय राम्रो ढंगले सञ्चालन गर्न सकिने बताए ।

उनले भने–‘जनकपुरधामका व्यवसायहरु शिक्षित छन्, अलिकता हामीले सहयोग गरि दियौ भने जनकपुरधाममा फोहरको नामो निसान रहँदैन् ।’ वुधवारको महासरसफाईमा उप–मेयर रीता झा लगायत उप–महानगरपालिकाका शाखा प्रमुख देखि लिएर इन्जिनियर तथा ओभरसियर देखि सरसफाई कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News