अपडेट 
२०७७ कार्तिक २७, बिहीबार १०:११

नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिम प्रसाद गौतमको निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए । अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए ।पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए ।

गौतमको अन्त्येष्टि देवघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

Comment


Related News