अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १९:४३

अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

बिहीबार गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताउनुभयो ।  डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहनुभएको छ । 

केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोड्नुभएको थियो ।  

Comment


Related News

Latest News

Trending News