अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १९:४८

 बाराको पचरौता नगरपालिका-१ का वडाध्यक्ष जगतनारायण प्रसाद यादको शुक्रबार निधन भएको छ । वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यादवको मृत्यु भएको हो ।

ढाडमा समस्या देखिएपछि शुक्रबार नै उपचारका लागि उनलाई प्रभु अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गराउने क्रममा शुक्रबार दिउँसो साढे १ बजे उनको निधन भएको नगर प्रमुख रमेशकुमार यादवले बताए ।

प्रभु अस्पतालका डाक्टर अभिषेक अर्यालले यादवमा उच्च रक्तचाप र मुटुको समस्या देखिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष यादव बिहानसम्म पनि वडा मै एउटा विवाद समाधानका लागि छलफलमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमा उपचारका लागि आएका थिए ।

Comment


Related News

Latest News

Trending News