अपडेट 
२०७७ कार्तिक २९, शनिबार ०७:१२

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकार विभेदकारी रहेको भन्दै यसलाइअपदस्थ गर्न सशक्त आन्दोलनको आवश्यक्ता रहेको बताएका छन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई सरकार रहेको अनुभूति दिलाउन नसकेका कारण यस्ता सरकार रहे नरहे जनतालाई केहि फरक नपर्ने टिप्पणी गरेका थिए । जसपा नेपालले शुक्रवार राजविराजमा आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रममा उनले सरकारको विरोधमा सडक र सदन दुवै तिरवाट आन्दोलनको विगुल फुकिने जानकारी दिएका थिए । उनले भने–‘सरकार बैशाखीको भरमा चल्दैन्, बैसाखी लगाएर देशलाई अपांग बनाउन सकिदैन् ।’ हिमाल, पहाड र मधेश तिनै भू–भागका जनता नेकपा र काँग्रेसको विकल्पको खोजी गरि रहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा)को जन्म भएको उनले उल्लेख गरेका थिए ।

केहि गैर राजनीतिक व्यक्तिहरुले मात्रै पहाडे र मधेशी विचमा फाडो हानेर आफ्नो स्वार्थसिध गरि रहेको आरोप लगाउँदै उनले सरकारका नेतृत्वकर्ताहरुवाट पहाड र हिमालका जनता पनि मधेशी जस्तै पिरोलीएको उनले भनाई थियो । पहाड र हिमालका सर्वसाधारणहरु पनि उनीहरुको तानाशाही प्रवृतिवाट आजिज भई उनीहरुको विकल्प खोज्न बाध्य भएका उनले बताए । उखान टुक्काले देशलाई बर्वाद पारेको बताउँदै उनले सरकार चलाउन र देशलाई प्रगतिको वाटोमा हिडाउनकोलागि भिजनको आवश्यक्ता हुन्छ त्यो नेकपा र काँग्रेस संग नरहेको उनले आरोप लगाएका थिए । पहाडे मधेशी गरेर केहि दिन सम्म जनतालाई भ्रममा राख्न सकिन्छ तर, बढी दिन सम्म यसको भरमा सत्ता टिकाई रहनु अवस्था नरहेको उनले उल्लेख गरेका थिए । मुलुकमा ऐतिहासिक परिर्वतन आएको भनिएपनिआदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, सिमान्तकृत लगायत वर्गका मुदा अहिलेपनि यथावत रहेको भन्दै उनले आफु नेतृत्वको पार्टीले तेस्रो शक्तिको रुपमा ति सबैलाई सम्बोधन गर्ने गरी संघर्ष अघि बढाउने प्रतिबद्घता व्यक्त गरे ।

उनले समावेशी र सामानुपातिक सहितको देश निर्माण गर्न सोशित पीडित समुदाय एकै ठाउँमा उभिएर जसपा पार्टी निर्माण गरेको बताउँदै सडक र सदन दुवै मोर्चाबाट संघर्ष गरेर अधिकार लिई छाडने दावी गरे । सडक र सदनको रास्ता जव सम्म मधेशी, आदिवासी, जनजाति, मुस्लिम लगायतका हिमाल र पहाडमा बसोबास गर्नेहरु एक ठाउँमा उभेर वन्द गर्दैन तव सम्म देश उन्नतीको वाटोमा आउन नसक्ने उनले टिप्पणी गरेका थिए ।

जसपा सप्तरीका नेता केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका कार्यकारणी समितिका सदस्य राजकिशोर यादव, प्रदेश सांसद नेता मनिष सुमन, संघिय सांसद रेणु यादव, चन्द्रकान्त चौधरी, रानी मण्डल, राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंह, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह, भुमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले पनि सम्बोधन गर्दै बर्तमान सरकार विभेदकारी रहेको भन्दै आन्दोलनबाटै अधिकार लिई छाडने उदघोष गरेका थिए

Comment


Related News

Latest News

Trending News