जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । हाल प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार राती प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेने महाशाखाकाे अनुमान छ ।भएको छ