अपडेट 
२०७७ कार्तिक २९, शनिबार १५:२९

कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले उपचार खर्च व्यहोर्ने सरकारको घोषणा अस्वीकार गर्नुभएको छ ।

डा केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीको घोषणा लगत्तै शनिबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्न जवाफ दिनुभएको हो । आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा भने उहाँले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको छ ।

डा. केसीले कोरोना संक्रमित दूर दराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक रहेको भन्दै सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्नेमा जोड दिनुभएको छ । डा. केसीले आफूहरुसँग भएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अस्वथा हुने दाबी समेत गर्नुभएको छ ।

विज्ञप्तिमा डा केसीले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई अनुरोध गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News