अपडेट 
२०७७ कार्तिक २९, शनिबार १५:३४

धनुषामा – धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।

उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।

अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताउनुभयो ।  

Comment


Related News

Latest News

Trending News