अपडेट 
२०७७ कार्तिक २९, शनिबार १६:५६

नेपालमा शनिबार थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको ज्यान गएको छ भने हालसम्म १२ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै गत २४ घण्टामा थप २५ सय ३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा १ लाख ७० हजार ६३२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३६ हजार ४५२ जना संक्रमित आइशोलेशनमा छन् भने १ हजार ५७ जना क्वारेन्टाइनमा छन् , हालसम्म १६ लाख दूई हजार ६०३ वटा पिसिआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News