अपडेट 
२०७७ कार्तिक ३०, आईतवार ०६:५२

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार राती प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियसका बीच तथा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहने महाशाखाकाे अनुमान छ ।

Comment


Related News