अपडेट 
२०७७ कार्तिक ३०, आईतवार ०९:५०

शनिबार साँझ लक्ष्मी पूजा गर्ने क्रममा देशका विभिन्न ठाउँमा आगलागी भएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगो लाग्दा साढे नाै लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति पौने १२ बजे लक्ष्मी पूजा गर्ने क्रममा बिजुली बत्ती शर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।झापाको बिर्तामोडमा रहेको वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । लक्ष्मी पूजा गर्न बालिएको दियाेबाट आगो सल्किँदा आगलागी भएको हो । यस्तै धादिङको धुनबेसी नगरपालिका ४ काे जीवनपुरमा उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा पनि दियोबाट आगो सल्किँदा पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसैगरी भक्तपुरको मध्यपर थिमी  नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा लक्ष्मी पूजा गर्दा बालिएकाे दियोबाट आगो सल्किँदा दुई लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका पनि कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । यी सबै  ठाउँमा लागेको आगो स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।  

Comment


Related News

Latest News

Trending News