अपडेट 
२०७७ कार्तिक ३०, आईतवार १६:२८

रौतहट : नेपाल भारत सीमाको गौर नाका खुला गर्न माग गर्दै आज पनि रौतहट जिल्लाको सदरमुकाम गौर भन्सारअगाडि धर्ना जारी छ । दुई दिनदेखि स्थानीय जनप्रतिनिधिको अगुवाइमा स्थानीय वासिन्दाले धर्ना दिदैआएका छन् ।

जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको नेतृत्वमा आज गौर भन्सारअगाडि धर्ना दिइएको छ । धर्नामा प्रदेशसभा सदस्य बाबुलाल साह र गौरका नगरप्रमुख अजयकुमार गुप्ता लगायतका जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीयवासी बसेका छन् । भारतले एकतर्फी रुपमा सीमा नाका खोले पनि नेपाल सरकारले गौरको सीमा नखोल्दा स्थानीय वासिन्दालाई विविध समस्या उत्पन्न भएको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्ना दिइएको हो । पारिबाट नेपाल आउने तर नेपालबाट सीमापारि जान नदिने नेपालका सरकारी नीतिका कारण सीमावर्ती क्षेत्रका वासिन्दालाई चाडपर्वका अवसरमा समस्या उत्पन्न भएको बताइएको छ ।

नेपाल भारतबीच सदियौदेखि पारिवारिक सम्बन्ध रहेको र यो सम्बन्धमा विगत केही समययता सीमा नाका बन्दले प्रभावित तुल्याएको बताउँदै जसपा नेता झाले तत्काल सीमा नाका खोल्न सरकारसँग माग गर्नुभयो । संघीय सरकारको गलत नीतिका कारण स्थानीय वासिन्दा समस्यामा परेका उनले बताए ।

Comment


Related News

Latest News

Trending News