अपडेट 
२०७७ मंसिर १, सोमबार ०६:३७

आज भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिने भएका छन् ।

नितिशकुमारले योसहित सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी  सातौंपटक विहारको मुख्यमन्त्रीको रुपमा सपथ लिन लागेका हुन् । आइतबार उनले राज्यपालसँग भेट गरेका छन् ।  विधायक दलको नेता चयन भएलगत्तै बैठकले नितिशकुमारलाई मुख्यमन्त्री बनाउने बेहोरासहितको पत्र राज्यपाल कार्यालयमा पठाएको थियो । राज्यपालले उक्त पत्र स्वीकार गर्दै नितिशकुमारलाई मुख्यमन्त्री मनोनित गरेका छन् ।

Comment


Related News

Latest News

Trending News