अपडेट 
२०७७ मंसिर २, मंगलवार १४:४१

नेपाल भारत सीमानाका बिगत ८ महिना देखि बन्द भएपछि सर्लाहीका जनता दुखः भोग्न बाध्य रहेको भन्दै सर्वपक्षिय जिल्ला संर्घष समिती सर्लाहीले चरणबद्व आन्दोलन घोषणा सहित दशगजा क्षेत्रमा धर्नामा बसेका छन।

धर्नामा बसेका जसपाका नेता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले सीमानाका बन्द रहेको अवस्थामा स्थानीयवासि १ रूपैयाको सामान ५ रूपैयामा खरिद गर्न बाध्य रहेको र बोडर बन्द रहेकोले जिल्लामा कालाबजारी, तस्करी, चोरी निकासी बढदै गएकोले सीमानाका खुलाउनुको बिकलप नरहेको बताउनु भयो । सर्लाही जिल्लाबाट निर्वाचित स्थानीय तहका मेयर उपमेयर लगायत पदाअधिकारीहरूको बैठकले नाका खुलाउन सीमानाकामा धर्ना र बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको र सोहि अनुसार आज सीमाक्षेत्रमा रहेका पालिका प्रमुखहरू, जिल्ला समन्वय समिति प्रमुख मेथुर चौधरी, प्रदेश नं, २ का प्रदेश सांसद अशोक यादव, जसपाका नेता केदारनन्दन चौधरी, मलंगवा न,पा,का मेयर निरसल साह, गोडैता न, पा,का मेयर देवेन्द्र यादव, बलरा न,पा, का मेयर अभय सिंह, पर्सा गाउपालिकाका अध्यक्ष किसुन देव राय, हरिपुर्बा नगरपालिकाका मेयर सियाराम राय लगायत नागरिक समाजका अगुवा र उधोग वाणिज्य संघका अध्यक्ष बिरेनद्र साह लयायत ब्यक्तिहरूको उपस्थितमा अहिले मलंगवा न, पा, स्थित दशगजामा धर्ना कार्यक्रम हुदैछ ।

सरकारले मधेशी जनताको माग अनुसार सीमानाका खुलला नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने समितीले जनाएको छ । आम जनताको समस्यालाई देखेर हामिहरूले आनदोलन थालेको बताउदै सरकारले तुरुन्तै सीमानाका नखोले आफुहरू अझ कडा खाले आन्दोलन गर्न बाध्य हुने नाकामा बसेका नेताहरूको भनाई छ ।

Comment


Related News

Latest News

Trending News