२०७७ मंसिर २, मंगलवार १६:४६

सप्तरी, राजविराज | प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले राजविजराज कारागारका कैदीबन्दीलाई कोरोना जोखिमबाट जोगिन अपनाउनु पर्ने आवश्यक सुरक्षा सर्तकताबारे सचेतना सहित आवश्यक समाग्री प्रदान गरेका छन ।

मंगलवार दिउसो कारागारमै पुगेर मन्त्री साहले कैदीबन्दीलाई कोरोनाबाट जोगिन अपनाउनु पर्ने सुरक्षा सर्तकताबारे ज्ञान बाड्नुका साथै मास्क, सेनिटाईजर,साबुन तथा मनोरंजनका लागी क्यारामबोर्ड लगायतका समाग्री वितरण गरेका हुन् । राजविराज कारागारामा हाल क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेको तथा कोरोनाको उच्च जोखिममा रहेको खबर आएपछि मन्त्री साह स्वयम कारागरमै पुगी सचेतना कार्यक्रम संगै आवश्यक सुरक्षा समाग्री प्रदान गरेका हुन् ।

कैदीबन्दीहरुका लागी एक÷एक हजार थानका दरले मास्क, सेनिटाईजर, साबुन ताथा तिन थान क्यारामबोर्ड र मिठाई तथा फलपृmल उपलब्ध गराईएको मन्त्री साहका स्वयिकय सचिव राजकुमार यादवले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News