अपडेट 
२०७७ मंसिर ३, बुधबार ०७:३१

जलेश्वर । स्थानीय प्रशासन विरुद्ध जनता समाजवादी पार्टी महोत्तरीले मंगलबार मशाल जुलुश प्रदर्शन गरेको छ ।

स्थानीय प्रशासन पूर्वाग्रही भएर आप्mनो पार्टीका जनप्रतिनिधिहरुलाई कारबाही गरेको भन्दै जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ सदरमुकाम जलेश्वरमा मशाल जुलुस प्रर्दशन गरेका हुन् । जलेश्वरको खैराचौकबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । स्थानिय प्रशासन विरुद्ध चर्का नाराबाजी गर्दै जसपा नेता कार्यकर्ताहरुले मशाल जुलुश प्रदर्शन गरेका छन् । गएको कात्तिक १० गते राति केही अपराधीक प्रवृत्तिका व्यक्तिहरुले सामुहिक रुपमा मटिहानी नगरपालिकाकन प्रमुख, जिल्ला समन्वय समितिका सदस्य र वडाध्यक्षहरु माथि संघातिक आक्रमण गर्नेलमाथि कारबाही गर्नुको साटो उल्टै कारबाही गरेको जसपा नेपालको ठहर छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनले उल्टै मेयर हरीप्रसाद मण्डल, जि.स.स. सदस्य, वडाध्यक्ष, सदस्यहरु माथि झुठा मुद्दा दायर गरिएको घटनाको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । कोण सभामा परिणत मशाल जुलुशमा सहभागी जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्राले स्थानिय प्रशासनले दमन गर्ने मनसायले मटिहानी घटनामा सत्य तथ्य नै नवुझिकन कारबाही गरेको आरोप लगाए । मटिहानीका मेयर मण्डल र उनका समर्थकहरु माथि गरेको मुद्दा तत्काल फिर्ता लिनु पर्ने माग गरेका थिए । स्थानीय प्रशासन विरुद्ध बुधबार दिउँसो विशाल जुलुस समेत प्रदर्शन गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News