अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०७:१६

विश्वभरमा तीन करोड ९३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा तीन करोड ९३ लाख १६ हजार एक सय ९२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ६५ लाख ३९ हजार नौ सय ८१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ५३ हजार आठ सय ६३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ५८ लाख ६९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड १८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७१ लाख ५४ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ५६ हजार एक सय ९८जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८९ लाख ८५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८३ लाख ८१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार ६ सय १८ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख १२ हजार नौ सय १७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ८२ हजार सात सय ८० जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार दुई सय ५९जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News