२०७७ मंसिर ४, बिहीबार ०७:१९

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राती गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहने महाशाखाकाे पूर्वानुमान छ ।

Comment


Related News

Latest News

Trending News