अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०८:३७

बाराको जितपुर स्थित एक क्लिनिकमा असमान्य अवस्थाको शिशु जन्मिएको छ ।

हनुमान जस्तो शारिरिक बनौट भएको शिशु जन्मेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित राव पोलि हेल्थ क्लिनिकमा बुधबार बिहान हनुमान जस्तो टाउको ,मुख र शरीर भएको शिशुको जन्म भएको हो ।

उपमहानगरपालिकाको वडा नं.२४ हरपुर निवासी खुश्बु खातुनको कोखबाट जन्मेको बालकको तौल करिब एक किलो रहेको छ । बच्चा जन्म लिएको केही क्षणमै मृत्यु भएको थियो । समय पुरा नहुँदै शिशु जन्मिएको थियो ।

सात महिनामै जन्मेको क्लिनिक स्रोतले जनाएको छ । हनुमान जस्तो बच्चा जन्म भएको खबर थाहा पाएपछि क्लिनिकमा सर्वसाधारणको घुईचो लागेका थियो । स्थानीहरुले हनुमानको रुप भनेर ढोग्ने गरेका थिए । मानिसको भिडले आजित भएका क्लिनिकले मेनगेट बन्द गरेको थियो ।

Comment


Related News

Latest News

Trending News