अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०८:४९

कोरोना भाइरसको महामारी यता सरकारले बन्द गराएको नेपाल भारतको सीमा खोल्न नमानेपछि सीमा खोलाउन नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले बुधवार देखि अनिश्चितकालीन धर्ना प्रारम्भ गरेको छ ।

भारतले एकलौटीरुपमा सीमा खोलेपनि नेपालको तर्फबाट बन्द रहेको सीमालाई अझै एक महिना वन्द गर्न निर्णय गरेपछि सीमा खोलाउनका लागि सरकारलाई दवाव स्वरुप समुहले धनुषाको दुहवी बोर्डर नजिक अनिश्चितकालीन धर्ना प्रारम्भ गरेको हो । नेपाल भारत खुला सम्वाद समुहका संयोजक राजीव झाको संयोजकत्वमा सुरु गरिएको धर्ना कार्यक्रम सरकारले सीमा खोल्ने निर्णय नगरेसम्म धर्ना जारी रहने वताइएको छ ।

धर्ना कार्यक्रममा सहभागीता जनाउदै प्रदेशसभा सदस्य रामअषिश यादवले नेपाल भारतको विचको परम्परागत सम्वन्धलाई विर्गानका लागि वन्देज लगाउने षडयन्त्र स्वरुप यस किसीमको चाल चलिएको र नेपाल सरकारको यस्तो परिपार्टी कुनै पनि हालतमा स्विकार्य नहुने वताए ।उनले नेपाल भारतविचको बेटीरोटीको सम्वन्धमा आंच पुरयाउने जस्तो कुनै पनि कार्य नगर्न चेतावनी दिदै मधेशले आफनो सदीयौको सम्वन्धलाई कायम राख्नका लागि विद्रोह गर्नबाट पछि नहटने वताए ।


कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीब झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले महामारीका कारण वन्द रहेको सीमालाई सदाका लागि वन्द गर्ने अभिप्रायका साथ एक महिना बन्द गर्ने र फेरि बढाउने जस्तो षडयन्त्र रचेको वताए। उनले नेपाल सरकारले यसरी सीमा वन्द गर्दा मधेशी जनताले के गर्छ त्यो हेर्नका लागि पनि यस किसीमको कार्य गरेको वताउदै सीमा मामिलामा सरकारले कुनै किसीमको षडयन्त्र गरे मधेशको कोप स्विकार गर्न असम्भव हुने समेत चेताएका थिए ।कोरोना भाइरसको माहामारी फैलिएपछि वन्द गरिएको नेपाल भारतको सीमा का कारण विवाह व्रतवन्ध देखि लिएर मृत्युकार्य मा पनि सीमा आरपार हुन नसकेको अवस्था छ ।यता भारत सरकारले आफनो तर्फबाट सीमा खोलेको छ भने नेपालसरकारले पुनः एक महिनाका लागि सीमा वन्द गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News