अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०८:५३

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले वर्तमान निर्वाचन प्रणाली भ्रष्टाचारको सुत्रधार रहेको टिप्पणी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन नेपालले बुधबार जनकपुरमा आयोजना गरेको प्रथम प्रादेशिक भेला एवम् छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम तथा प्रादेशिक भौतिक संरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्र यादवले वर्तमान निर्वाचन प्रणालीमा सुधार नभएसम्म भ्रष्टाचारको अन्त्य नहुने दावी गरे ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरेर भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा उनको थियो । नेशनल इन्जिनियर्स एसोसिएशन नेपालका केन्द्रिय अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री यादवले नाराले मुलुक समृद्ध नबन्ने तर्क गरे । मुलुक समृद्ध बनाउनको लागि समानुपातिक र समावेशी प्रणाली पूर्णत लागू हुनुपर्ने मन्त्री यादवले बताए । दुई प्रतिशत बजेटले प्रदेश समृद्ध बन्छ, उनले भने–‘प्रदेश समृद्ध नभए मुलुक कसरी समृद्ध हुन्छ ।’

नेपाल इन्जिनियर्स एसोसिएशन केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरिया, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इन्जिनियर्सहरुको व्यापक उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News