अपडेट 
२०७७ मंसिर ४, बिहीबार ०९:०९

मिथिला बिहारी नगरपालिकाका  नगर प्रमुख अनिल  यादवले   सहकार्यमुखी सोचाइ    ,   उत्पादनमुखी   कार्यमा   जोड दिनअग्रह गर्दै मधेशी महिलामा विस्तारै बिस्तारै बचतगर्नेबानी , जागरुकता आउन लागेको दावी गरेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकामा लवकुश बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभामा उनले सो कुरा बताएका हुन ।उनले   यस् सहकारी संस्थाहरुमा जम्मा सदस्य संख्या ३०५मा  सबभन्दा बढी महिलाको  सहभागिता  ३०५जना    र १५ जना शेयर सदस्य पुरुषमात्र  भएकोले महिलालाई प्राथमिकतामा राखी सहकार्यमुखी आयआर्जनसंग जोडन सक्नुपरने जिकिर   गरेका छन् । उनले भने, ‘कर्जाबाट जोगाउने संस्था हो सहकारी संस्था । थोरै थोरै रकम जम्मा गरी ठूलो व्यापार गर्ने क्षमता महिलाहरुमा अभिवृद्धि भएको  छ ।

’संस्थाका अध्यक्ष सीता कुमारी साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका   नगर प्रमुख यादवले स्थानीय सरकारले स्थानीय   सहकारी लाई सक्दो उत्तथानमा  जोडदिने  रणनीतिका  साथमा  अगाडि  बढिरहेका धारणा राख्दै  सहकारीले महिलालाई बलियो बनाउनमा मद्दत पुगेको ठोकुवा पनि गरेका छन् ।


त्यस्तै    मत्सय सहकारीका  रास्टिय उपा अध्यक्ष तथा जसपा  का केन्द्रिय सदस्य  संजय कुमार साहले   प्रदेशमा सहकारीको संंख्या बढ्दै गएकोले  स्वरोजगार ,बचतगर्ने  सोचाइमा  वृद्धि भएको दावी गरेका छन् । उनले प्रदेश सरकारले सहकारी मार्फत कार्य गरेमा समृद्धि प्रदेश बन्ने ठोकुवा समेत गरेका छन् ।मिथिला बिहारी नगर पालिकावार्ड न ८का वार्ड अध्यक्ष  जिव्छ यादव ,   स्थानीय राम चन्द्र साह लगायतका व्यक्तिहरुले शुभकामना तथा मन्त्व्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News