अपडेट 
२०७७ मंसिर ४, बिहीबार १२:२३

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाद्वारा आज नोचा पोखरीको सरसफाई गरिएको छ । नोचा पोखरीमा रामपुर र रुपैठाका स्थानीयबासीहरु छठ पर्व मनाउँने गरेका छन् ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको अगुवाईमा तथा वडा नं. २० का वडाध्यक्ष भोगेन्द्र झाको सहयोगमा सो पोखरीको सरसफाई गरिएको छ । छठ पर्वलाई मध्यनजर गर्दै नोचा पोखरीको सरसफाई गरिएको छ । जनकपुरधाम उप–महानगरपालिकाका सरसफाई कर्मचारी, कार्यालयका कर्मचारी, नगरप्रहरी तथा स्थानीयबासीहरुले समेत सो सरसफाई कार्यक्रममा सहभागीता जनाएका थिए ।

सरसफाई पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोरा साहले सरसफाईले सौन्दर्यता झल्कने भएकाले यसलाई निरन्तरता दिनकालागि सवै संग आग्रह गरेका थिए । जनकपुरधामको विकास पर्यटनले मात्र हुन सक्ने भएकाले जनकपुरधामलाई पर्यटकीय दृष्टिकोणले अगाडी बढाउनु पर्ने आवश्यक्ता रहेको बताएका थिए ।

Comment


Related News

Latest News

Trending News