२०७७ मंसिर ४, बिहीबार १२:२७

बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९५ हजार १ सय मा कारोबार भएको थियो भने बिहीबार सात सयले घटेर प्रतितोला ९४ हजार ४ सय मा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार नेपाली बजारमा चाँदीको भाउ पनि घटेको छ, बुधबार प्रतितोला १२ सय ३० मा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले घटेर १२ सय १५ मा कारोबार भइरहेकोसमेत सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

Comment

Related News

Latest News

Trending News