२०७७ मंसिर ४, बिहीबार १२:४६

पर्सा : वीरगञ्जका मुस्लिम समुदायले चीनको उइगुरमा मुस्लिम समुदायमाथि भएको दमन, शोषण तथा मान अधिकारको हननको घटनाप्रति विरोध जनाएका छन् । वीरगञ्जका इस्लाम धर्मावलम्बीहरुले सो घटनाको भत्सना गर्दै प्रदर्शन गरेका हुन् ।

जमिअत उल्माए नेपाल वीरगञ्जको अगुवाईमा वीरगञ्जमा चीन विरोधी प्रदर्शन गर्नुका साथै उनीहरुले स्थानीय प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । जमिअत उल्माए नेपालको केन्द्रीय सहाध्यक्ष मौलाना अलि असगर मदनीको नेतृत्वमा छप्कैयास्थित यतिमखानाबाट घण्टाघरसम्म ¥याली निकाली विरोध प्रदर्शन गरिएको थियो ।

विरोध कार्यक्रममा केन्द्रीय सचिव मौलाना अमिर हम्जा, केन्द्रीय सदस्य मौलाना सबिर काश्मी, मुफ्ती जहुर, अहमद नोमानी र जिल्ला पर्सा जमिअत उल्माए नेपाल अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, बारा जमिअत उल्माए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर, विद्यार्थी संघ पर्साको अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बाराको अध्यक्ष सगीर काश्मी, सचिव मोहम्मद जावेदलगायत विभिन्न मुस्लिम समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News