अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ०८:१८

अनिल तिवारी | वीरगंज |
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले हिन्दूहरुको महान पर्ब छठ मधेस,पहाड र हिमाललाई जोडने अटुट साझा पर्बको रुपमा विकसित हुदै गएको बताएका छन् ।वीरगंजमा प्रदेश २ सरकार,उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजनामा आयोजना गरिएको एक प्रदेश एक सास्कृतिक पर्ब अर्थात प्रदेश २ को मुख्य सास्कृति पर्बको महत्व सम्बन्धित कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

छठ पर्ब पछिल्लो समय तराई मधेससंगसंगै पहाडी र हिमाली विभिन्न जिल्लामा समाजिक एक रुपताका साथ मनाउने भएकोले यो देशको समाजिक एकताको बन्धनमा जोडने पर्बको रुपमा चिनिएको स्पष्ट पारे । छठ अब मधेस तराईको मात्र पर्ब रहेन,हिमाली जिल्ला ताप्लेजुगका शेर्पाहरुले समेत तमोर खोलाको किनारमा छठ पर्ब मनाएको फेसबुकमा आफुले फोटो हेरेको छु,उनले भने ।

घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा उनले छठ पर्ब अन्धविश्वास र अध्यात्मिक पर्ब नभएर यो विशुद्ध वैज्ञानिक पर्ब समेत भएको धारणा राखे ।उनले भने,छठ वैज्ञानिक पर्ब हो,यसले प्रकृतिलाई पूजा आराधना गरी जीवनमा कष्ट नहोस भनी पाठ सिखाउँछ ।छठमा सूर्य,पानी,हवालगायत प्राकृतिक चिझको पूजापाठ गरी आराधना गरी एउटै विधिबाट मनाउने गरिन्छ ।हिन्दूसहित गैर हिन्दू समुदायले समेत छठ पर्ब मनाउने भएकोले यो पर्बको महत्व विशेष रहेको विचार व्यक्त गरेका थिए ।

छठ पर्बको कार्यक्रम जस्तै अन्य क्षेत्रमा समेत केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकार मिलेर समन्वय गरेर मुलुक विकाससंगै धार्मिक पर्यटकीय स्थल एवं रितिसंस्कृति एवं देश विकास गर्नु पर्ने आवश्यक रहेको बताए ।त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २को मुख्य चाडपर्ब भएकोले छठी माताले वैश्विक माहामारी कोरोनाबाट मुक्त मिलोस र अगामि वर्ष छठ धुमधामले मनाउन अग्राह गरे ।पर्सा क्षेत्र नं १ का संघीय सांसद प्रदीप यादवले केन्द्रीय पर्यटन मन्त्रालयले तराई मधेसको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणको लागि बजेट नदिने गरेको आरोप लगाए ।साथै,उनले केन्द्र सरकार प्रदेश सरकारको पर्यटकीय विकास नचाहेको आरोप लगाए ।वीरगज महानगरका मेयर विजयकुमार सरावगीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरले छठको धार्मिक,सास्कृतिक तथा वैज्ञानिक विशेषता एवं महत्वको बारेमा सविस्तार जानकारी गराएका थिए ।

Comment


Related News

Latest News

Trending News