
शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय मा कारोबार भएको थियो भने शुक्रबार चार सयले घटेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको थियो भने शुक्रबार चार सयले घटेर ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । शुक्रबार नेपाली बजारमा चाँदीको भाउ २० रुपैयाँले घटेर १२ सय १० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।