अपडेट 
२०७७ मंसिर ५, शुक्रबार १६:२३

नेपालमा शुक्रबार थप १९४५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट १२९८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा ५ हजार ३६४ जना संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९१ हजार २ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल आइशोलेशनमा २४ हजार ६६५ जना रहेका छन् भने क्वारेन्टाइनमा ७५३ जना रहेका छन् । नेपालमा हालसम्म १६ लाख ४३ हजार ८९९ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News