अपडेट 
२०७७ मंसिर ६, शनिबार ०७:३६

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ । शनिबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहने महाशाखाले अनुमान गरेकाे छ ।

Comment


Related News

Latest News

Trending News