
हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगोलागी भएको छ ।
विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । आगोलागीबाट मानवीय र ठूलो धनजनको क्षति भने नभएको प्रहरीले बताएको छ ।