
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको जनाएको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का र फाटफुट वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
देशका अन्य भू–भागको मौसम भने सामान्यता सफा रहेको छ । आइतबार राती प्रदेश नंं. १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।