अपडेट 
२०७७ मंसिर ७, आईतवार ०७:१८

विश्वभरमा चार करोड चार लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा चारकरोड चार लाख ५२ हजार चार सय ६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ८४ लाख ६८ हजार आठ सय एक जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ८५ हजार सात सय १७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६६ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७४ लाख एक हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६१ हजार सात सय ६० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९० लाख ९५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ लाख २० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३३ हजार दुई सय ६३ पुगेको छ । नेपालमा हालसम्म दुई लाख १८ हजार ६ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ९३ हजार तीन सय २५ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News