अपडेट 
२०७७ मंसिर ७, आईतवार १६:३८

नेपालमा आइतबार कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै नेपालमा आइतबार थप १६६९ जनामा कोरोना देखिएको छ भने हालसम्म २ लाख २० हजार ३०८ जनामा कोरोना देखिएको छ ।

पछिल्लो समय थप ५६९९ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ९९ हजार २४ पुगेको उहाले बताउनुभयो । हाल १९ हजार ९६३ जना आइशोलेशनमा छन् भने क्वारेन्टाइनमा ६८६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । नेपाल हालसम्म १६ लाख ६० हजार ७५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News