अपडेट 
२०७७ मंसिर ८, सोमबार ०७:०३

विश्वभरमा चार करोड सात लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा चारकरोड सात लाख ५६ हजार दुई सय ६९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ८९ लाख ६७ हजार पाँच सय १९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ९३ हजार एक सय ७३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६८ लाख १८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७४ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६२ हजार ६ सय ९४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९१ लाख ४० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३३ हजार सात सय ७३ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २० हजार तीन सय आठ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ९९ हजार २४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय २१जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News