२०७७ मंसिर ८, सोमबार ०९:५७

काठमाडौं, भक्तपुर र धनुषा जिल्लामा सिडिओ हेरफेर भएका छन् । गृह मन्त्रालयले आइतबार तीन जिल्लाका सिडिओ हेरफेर गरेको हो ।

काठमाडौंमा कार्यरत जनकराज दाहाल र भक्तपुरकी हुमकला पाण्डेको मन्त्रालयमा सरुवा भएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । दुबैलाई एकवर्षै कार्यअवधि पुगेकाले नियमित सरुवा गरिएको हो ।

उता मन्त्रालयमा कार्यरत प्रेमप्रसाद पराजुलीलाई काठमाडौंमा पठाइएको छ । धनुषामा कार्यरत प्रेमप्रसाद भट्टराईको भक्तपुर र डडेल्धुरामा कार्यरत बन्धु बाँस्तोलालाई धनुषाको सिडिओमा सरुवा गरिएको छ ।

Comment


Related News

Latest News

Trending News