अपडेट 
२०७७ मंसिर ८, सोमबार १२:१९

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान ६ः४०मा सुनसरीका ६७ वर्षीय पुरुषको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो । गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई मंसिर १ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनमा मधुमेहको पुरानै समस्या थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको कुल संख्या १११ पुगेको छ । त्यसैगरी, इलाम नगरपालिका १ का २५ वर्षीय युवकको समेत उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आइतबार राति ९ः३०मा मृत्यु भएको हो । उनमा फोक्सो र घुँडामा रोगबाट ग्रस्ति थिए ।

Comment


Related News

Latest News

Trending News