अपडेट 
२०७७ मंसिर ८, सोमबार १६:५६

नेपालमा सोमबार थप १९८० जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १९८० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ भने हालसम्म १३३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालमा थप तीन हजार ४३ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । नेपालमा हाल १८ हजार ८८४ जना आइशोलेशनमा छन् भने ६२९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ७० हजार ४५६ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News